मिति : २३ भाद्र २०८३ श्री शेयरधनी ज्यूहरू, ट्रेड भिजन इन्भेष्टमेण्ट प्राईभेट लिमिटेड । विषय : सत्रौं वार्षिक साधारण सभा सम्वन्धि सुचना उपरोक्त विषयमा यस कम्पनीको प्रवन्धपत्र र नियमावली वमोजिम संचालक समितिको मिति २०८३ भाद्र १८ गते सम्पन्न बैठकको निर्णय अनुसार कम्पनीको १७ औं साधारण सभा मिति २०८३ कार्तिक ९ गते सोमबार तदअनुसार सन् २०२६ अक्टोबर २६ का दिन कोशी प्रदेशको प्रमुख नगर इटहरी, सुनसरीमा निम्न लिखित विषयहरू माथि छलफल गर्नको लागि बस्ने भएकोले सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारी तथा उपस्थितीकोलागि यो सुचना प्रकाशित गरिएको छ । साधारण सभा हुने स्थान र समय पछि सुचित गरिनेछ । छलफलका विषयहरू: क) साधारण प्रस्तावहरू ▪ अध्यक्षको प्रतिवेदन पारित गर्ने : सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने। ▪ वित्तीय विवरण स्वीकृत गर्नेः अघिल्लो आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात (Balance Sheet), नाफा-नोक्सान हिसाब (Profit & Loss Account) र नगद प्रवाह विवरण (Cash Flow Statement) छलफल गरी स्वीकृत गर्ने। ▪ लाभांश अनुमोदन : सञ्चालक समितिले सिफारिस गरेबमोजिम सेयरधनीहरुका लागि लाभांश (Dividend) वितरण सम्बनिध प्रस्ताव पारित गर्ने। ▪ लेखापरीक्षकको नियुक्ति : आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक (Auditor) को नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने। ख) विशेष प्रस्तावहरू ▪ कम्पनीको व्यवस्थापन तथा कार्यालय संचालन सम्बन्धि जानकारी, छलफल र स्विकृत । ▪ लगानीको दायरा विस्तारः कम्पनीले गरेका नँया लगानीको जानकारी, गर्ने लगानी सम्बन्धी छलफल, अनुमोदन गर्ने। ▪ अख्तियारी दिने, कर्जा वा ऋण सीमा परिमार्जन : कम्पनीले प्रवाह गर्ने ऋण तथा कारोबारहरूमा धितो/जमानत बस्ने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी दिने, शेयरधनीहरूलाई प्रवाह गरिने आन्तरिक ऋण प्रवाहको सिमा परिमार्जन गर्ने सम्बन्धमा । ग) विविध ▪ अध्यक्षको अनुमतिले शेयरधनिहरूले राय सुझाव दिने । बैठक सम्वन्धि सामान्य नियमहरू: ▪ बैठकमा शेयरधनीले मात्र भाग लिन पाउनेछन् । ▪ बैठकमा उपस्थित हुने शेयरधनीले बैठक स्थलमा राखिएको उपस्थिती वहिमा अनिवार्य हस्ताक्षर गर्नुपर्नेछ । नेपाल बाहिर रहने शेयरधनीहरूलाई भर्चुअल सहभागिता गराइनेछ । ▪ बैठकमा उपस्थित शेयरधनीहरूले यस सुचनामा प्रस्ताव गरिएका प्रस्ताव वाहेक कम्पनीसँग सम्वन्धित अन्य विषयमा छलफल गर्न चाहेमा संचालक समितिलाई ७२ घण्टा अगावै छलफल गर्न चाहेको विषयवारे जानकारी गराएर स्विकृती लिनु पर्नेछ । संचालक समितिको निर्देशअनुसार, अनामिका निरौला कम्पनी सचिव ट्रेड भिजन ईन्भेष्टमेन्ट प्रा. ली.
September 08, 2026
17th Annual General Meeting Notice (सत्रौं वार्षिक साधारण सभा सम्वन्धि सुचना)
September 08, 2026