Trade Vision Investment
Menu
Admin Login
August 19, 2026

Vacancy Notice: Company Secretary (कम्पनी सचिव पदमा नियुक्तिका लागि दरखास्त आह्वान सम्बन्धी सूचना)

Home Notices Vacancy Notice: Company Secretary (कम्पनी सचिव पदमा नियुक्तिका लागि दरखास्त आह्वान सम्बन्धी सूचना)
August 19, 2026

प्रथम पटक प्रकाशित मिति : २०८३/०५/०३ यस कम्पनीका लागि कम्पनी सचिव पदमा योग्य तथा इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको छ। पद : कम्पनी सचिव संख्या : १ जना सेवा/कार्य क्षेत्र : कम्पनीको केन्द्रीय कार्यालय आवश्यक योग्यता प्रचलित कम्पनी ऐन तथा नेपाल सरकारको प्रचलित मापदण्ड बमोजिम कम्पनी सचिव पदका लागि तोकिएको योग्यता पूरा गरेको हुनुपर्नेछ । विशेषतः कम्पनी ऐन, २०६३ को दफा १८५ बमोजिम: - कम्पनी सचिवसम्बन्धी व्यावसायिक प्रमाणपत्र प्राप्त गरी सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्षको अनुभव, वा - कानून, व्यवस्थापन, वाणिज्य वा अर्थशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा वा कम्पनी व्यवस्थापन क्षेत्रमा कम्तीमा ३ वर्षको अनुभव भएको हुनुपर्नेछ । मुख्य जिम्मेवारी - सञ्चालक समिति तथा साधारण सभाका बैठकसम्बन्धी आवश्यक कार्य गर्ने । - कम्पनीका निर्णय, अभिलेख तथा कानूनी कागजात व्यवस्थित रूपमा राख्ने । - कम्पनी रजिष्ट्रारको कार्यालय लगायत सम्बन्धित निकायमा पेश गर्नुपर्ने विवरण तथा कागजात समयमै पेश गर्ने । - कम्पनी ऐन, प्रचलित कानून, प्रबन्धपत्र तथा नियमावली बमोजिम कम्पनी सचिवले गर्नुपर्ने कार्य सम्पादन गर्ने । दरखास्त दिने अवधि यो सूचना प्रकाशित भएको मितिले ८ (आठ) दिनभित्र दरखास्त पेश गर्नुपर्नेछ । आवश्यक कागजात इच्छुक उम्मेदवारले आफ्नो बायोडाटा (CV), शैक्षिक योग्यताको प्रमाणपत्र, अनुभवको प्रमाणपत्र तथा नेपाली नागरिकताको प्रतिलिपि सहित दरखास्त पेश गर्नुपर्नेछ । दरखास्त पेश गर्ने स्थान र मिति : २०८३ भाद्र १२ गते, कार्यलय समय भित्र । ट्रेड भिजन इन्भेष्टमेन्ट प्रा. लि., सुन्दर हरैचा ९, मोरङ, कोशी प्रदेश सम्पर्क : 976-3691484, 982-7316007 इमेल : tvinepal2009@gmail.com